नेपाली पात्रो

नेपाली पात्रो

आइत
Sun
सोम
Mon
मङ्गल
Tue
बुध
Wed
बिहि
Thu
शुक्र
Fri
शनि
Sat
18
19202122232425
26१०27११28१२29१३30१४31१५01
१६02१७03१८04१९05२०06२१07२२08
२३09२४10२५11२६12२७13२८14२९15
३०16
वैदिक घडि
🔯 आजको राशिफल

आजमिति 2082 साल कार्तिक 28 गते शुक्रबार (तदनुसार 14 November 2025 )

मेष राशि (चु , चे , चो , ला , लि, लु, ले, लो, आ)

शैक्षिक सफलताको योग परेको छ । नयाँ नयाँ विचार तथा सिद्धान्तहरुको आविर्भाव हुने देखिन्छ । धर्मकर्म, रीतिरिवाज तथा परम्परा साथै अध्यात्मिक क्षेत्रमा मन लागिरहने छ । धार्मिक गुरुहरु तथा धार्मिक संघ संगठनहरुको सहयोगले कार्यसिद्धिमा सहयोग पुग्ने छ । भाग्योदय तथा पदोन्नतिको पनि समय परेको छ । व्यापार ब्यावसायबाट राम्रो आम्दानी हुने देखिन्छ । अड्किएर रहेका कामहरु पनि फत्ते हुने देखिन्छ ।

वृष राशि (ई , उ , ए , ओ , वा , वि , वि , वु , वे , वो)

राज्यपक्षबाट विशेष सहयोग प्राप्त हुने छ । आफन्तजनहरु सँग रमाइलो भेटघाट हुने छ । घरपरिवार तथा साथिभाईसँगको सम्बन्ध सुमधुर बन्ने छ । आफ्ना कामहरुबाट यथोचित लाभ मिल्नाले मन प्रशन्न रहने देखिन्छ । अड्किएका तथा थाती रहेका कार्यहरु पुन: लक्ष्यप्राप्ती तर्फ उन्मुख हुने छन । व्यापार व्यावसायहरु अर्थकर रहने छन् । अध्यात्मिक तथा सामाजिक कार्यहरुद्वारा परोपकार गर्ने सु-अवसर प्राप्त हुने छ ।

मिथुन राशि (क , कि , कु , घ , ङ , छ , के , को , हा)

दाजुभाई तथा इष्टमित्रको पर्याप्त सहयोगले बिग्रनै लागेको काम पनि बन्ने देखिन्छ । मनमा एकाग्रता, बुद्धिमा तिक्ष्णता, पराक्रममा निर्भीकता र लक्ष्य साधनमा निश्चयात्मकता प्राप्त हुने समय छ । शारीरिक तथा मानशिक सुख तथा सन्तुष्टि प्राप्त हुने छ । कुटुम्बजनहरुसँगको सम्बन्ध अझ प्रगतिशील र प्रगाढ रहने छ । शिक्षा क्षेत्रमा लाभ तथा प्रेममा सफलता प्राप्त हुने तथा प्रेमी-प्रेमिका सँग भेटघाट तथा अन्तरसंवाद हुने योग परेको छ ।

कर्क राशि (ही , हु , हे , हो , डा , डी , ड , डे , डो)

समय केही प्रतिकूल छ । मन उदास रहने छ । गरिल्याएका कार्यहरु रोकिन सक्छन् । अनावश्यक खर्च हुने, स्वास्थ्यमा समस्या हुनका साथै मन विचलित रहन सक्छ । अनावश्यक रिस तथा ज्यादा क्रोधले गर्दा आफन्तजनहरु सँगको संबन्ध त्यति राम्रो नहुन सक्छ । नयाँ कार्यहरु सुरु नगर्नु उचित हुने छ यदि नयाँ कार्य सुरु गर्नै परेमा कुलदेवताको स्मरण गर्दै आफूभन्दा मान्यजनको साथमा सुरु गर्नुहोला । पानी तथा जलिय पदार्थहरुबाट टाढा रहनु नै बेस हुने छ ।

सिंह राशि (मा , मि , मु , मे , मो , टा , टि , टु , टे)

आय आर्जनको क्षेत्रमा वृद्धि हुने छ । शारीरिक रुपले ज्यादा तन्दुरुस्त महसुस हुने छ । विभिन्न सकारात्मक कार्यहरुको लागि धन तथा वैद्दिक श्रम खर्च हुनेछ । मनमा भने चञ्चलता रहने देखिन्छ ।

कन्या राशि (टो , पा , पि , पु , ष , ण , ठ , पे , पो)

धर्मकर्म तथा पुजापाठमा मन ज्यादा आकर्षित रहने छ । अध्यात्मिक उन्नतिको दिन परेको छ । मीठो बोलीको कारण आफन्त तथा मित्रजन मन्त्रमुग्द रहने छन् । बिपरीत लिङ्गिको राम्रो सहयोग प्राप्त हुने छ । मनमा चञ्चलता तथा भित्री डर रहने देखिन्छ । कार्यगर्दा ध्यान पूर्वक गर्नुपर्ने समय रहेको छ भने अर्थोपार्जनको लागि राम्रो समय रहेको छ ।

तुला राशि (रा , रि , रु , रे , रो , ता , ति , तु , ते)

साहित्य अध्ययनमा मन जाने छ । कार्य सम्पादनको क्रममा भाइ बन्धुहरुको सहयोग लिन उचित हुने छ । मन एकाग्र रहनाले आँटेका कार्यहरु सहज रुपले सम्पन्न हुने देखिन्छ । आफ्नै पराक्रम तथा बाहुबलले प्रसस्त धन प्राप्त गर्न सकिने छ । बोलिचालिमा विशेष ध्यान पुर्याउनु वेस हुने छ । अध्यात्मिक उन्नतिको योग छ । यात्राको पनि संभावना देखिएको छ ।

वृश्चिक राशि (तो , ना , नी , नु , ने , नो , या , यि , यु)

मिष्ठान्न भोजन प्राप्त रहनाले मन दङ्ग रहने छ । भौतिक सुख-सुविधाहरु प्रसस्त रुपमा प्राप्त हुने छन् । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय रहेको छ । धन सम्पत्तिमा वृद्धि हुने देखिन्छ । विपरीत लिङ्गी साथिहरुको सकारात्मक सोच, विचार र सहयोगका कारणले कार्य सम्पादनमा सहजता महसुस हुने छ । घर-घडेरी, गाडी, फर्निचर आदिका समानहरुको कारोबारबाट प्रसस्त फाइदा हुने देखिन्छ ।

धनु राशि (ये , य , भा , भि , भु , ध , फ , ढा , भे)

प्रेम सम्बन्धमा सुधार आउने छ । वौद्धिक तथा प्राज्ञिक उन्नयनको दिन परेको छ । शैक्षिक क्षेत्रमा नसोचेको सफलता प्राप्त हुनाले मन फुरुङ्ङ रहने छ । सन्तान तथा प्रेमी-प्रेमिकाको साथ प्राप्त हुने छ । रत्न सँग सम्बन्धित कार्यहरुबाट विशेष लाभ देखिएको छ । राज्य पक्षले हजुरको वौद्धिकता प्रती सम्मन प्रकट गर्ने योग परेको छ । सन्तोषजनक उपलब्धी प्राप्त हुने भएकाले मनको सन्ताप हटेर मनमा सन्तोष रहने छ ।

मकर राशि (भो , जा , जि , खी , खु , खे , खो , गा , गि)

मुद्दा मामिला आदिमा फस्न सकिने संभावना रहेको छ परन्तु धैर्य गर्नुहोला जीतभने तपाईं कै नै हुने देखिन्छ । माता सँगको संवन्धमा खटपट आउने देखिन्छ । चोटपटक लाग्ने संभावना उच्च रहेकाले सावधान रहनुहोला । मन अशान्त एवं अस्थिर रहने छ । अनेक प्रकारका चिन्ताहरुले सताउनेछन् । मनोबलमा ह्रास आउनेछ । आफैले गरेको कार्यबाट आफूलाई नै हानी हुन सक्ने छ । भरिसक्के नयाँ कामहरु सुरु नगर्नु उचित देखिएको छ ।

कुम्भ राशि (गु , गे , गो , सा , सि , सु , से , सो , द)

मिष्ठान्न भोजन तथा खानपिनमा ज्यादा मन जाने देखिन्छ । बिपरीत लिङ्गिको सहयोगको कारणले काममा सफलता तथा मनमा सन्तोष प्राप्त हुने योग छ । व्यापार ब्यावसायबाट लाभ हुने छ । विशेष गरेर स्थल ब्यापारबाट लाभ हुने देखिन्छ । मन एकाग्र रहनाले हाकेताकेका कामहरु बन्नेमा निश्चित देखिन्छ भने शत्रुभय पनि देखिएको छ ।

मीन राशि (दि , दु , थ , झ , ञ , दे , दो , चा , चि)

श्वासप्रश्वास सँग संवन्धि समस्याले सताउन सक्छ । गरिरहेका कार्यहरुमा बाधा आइपर्ने संभावना देखिन्छ । अनेक प्रकारका चिन्ता तथा डरहरुबाट मन दिनभर नै ग्रसित रहने छ । शारीरिक तथा मानसिक रुपमा अशक्तताको महसुस हुने छ । पानी तथा पानीजन्य पदार्थहरुबाट सावधान रहनुपर्ने छ । भरिसक्के नयाँ कार्यको सुरुवात नगरेकै राम्रो हुने छ ।

हाम्रा सेवाहरु
जन्म कुण्डली

वा विस्तृत जन्मकुण्डली रिपोर्ट प्राप्त गर्नुहोस्।

गोचर विश्लेषण

वर्तमान ग्रह गोचरको आधारमा प्रभाव जान्नुहोस्।

दशा विवरण

विम्शोत्तरी, अष्टोत्तरी लगायतका दशा विश्लेषण गर्नुहोस्।

दैनिक राशिफल

तपाईंको राशिको आधारमा आजको भविष्य जान्नुहोस्।

दैनिक राशिफल

तपाईंको राशिको आधारमा आजको भविष्य जान्नुहोस्।

दैनिक राशिफल

तपाईंको राशिको आधारमा आजको भविष्य जान्नुहोस्।

दैनिक राशिफल

तपाईंको राशिको आधारमा आजको भविष्य जान्नुहोस्।

दैनिक राशिफल

तपाईंको राशिको आधारमा आजको भविष्य जान्नुहोस्।

दैनिक राशिफल

तपाईंको राशिको आधारमा आजको भविष्य जान्नुहोस्।

दैनिक राशिफल

तपाईंको राशिको आधारमा आजको भविष्य जान्नुहोस्।

दैनिक राशिफल

तपाईंको राशिको आधारमा आजको भविष्य जान्नुहोस्।

दैनिक राशिफल

तपाईंको राशिको आधारमा आजको भविष्य जान्नुहोस्।

आजको पञ्चाङ्ग

2082 साल कार्तिक 28 गते शुक्रबार (तदनुसार 14 November 2025)

मार्गशीर्ष कृष्ण दशमी

सूर्योदय: 06:27
सूर्यास्त: 17:02
तिथि
  • नाम: दशमी
  • घटी: 53:34
  • बजे: 27:53 सम्म
नक्षत्र
  • नाम: पूर्वाफाल्गुनी
  • घटी: 47:05
  • बजे: 25:17 सम्म
योग
  • नाम: ऐन्द्र
  • घटी: 12:51
  • बजे: 11:36 सम्म
करण
  • नाम: वणिज
  • घटी: 15:49
  • बजे: 0:0
चन्द्रराशि
  • कन्याराशिमा दिनभर ।
  •  
  •  
आनदन्दादि योग
  • नाम: प्रवर्द्धमान
  •  
  •  
🔮 ग्राहक अनुभव